वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। आन्दोलनको तयारीमा रहेको भन्दै प्रहरी टोलीले गएराति भक्तपुरस्थित उनको घरबाट पक्राउ गरेको हो।
प्रसाईंमाथि सार्वजनिक शान्ति भंग गर्न नहुने कसुरमा कार्रवाई गरिएको प्रहरीले जनाएको छ। उनले पछिल्ला दिनमा आन्दोलन र विरोधलाई उक्साउने किसिमका अभिव्यक्ति दिंदै आएका थिए।
प्रसाईं यसअघि पनि विभिन्न मुद्दामा पटक–पटक प्रहरी नियन्त्रणमा परेका छन्।
