आज:  | Mon, 04, May, 2026

निर्वाचन आयोगमा १२२ राजनीतिक दल दर्ता, ७ खारेज

Avatar photo दिशा निर्देश १ मंसिर २०८२, आईतवार १४:२६ मा प्रकाशित (५ महिना अघि)

वीरगञ्ज । निर्वाचन आयोगले हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भइसकेको जानकारी दिएको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोगले १२२ दलको दर्ता सम्पन्न भइसकेको र थप २८ दल दर्ता प्रक्रियामा रहेको जनाएको हो।

दर्ता प्रक्रियामा रहेका दलका हकमा कानुनबमोजिम कागजात माग्ने तथा सनाखत गर्ने काम अगाडि बढाइएको आयोगले जनाएको छ। यससँगै ७ राजनीतिक दल खारेज गरिएको तथ्यांकसमेत सार्वजनिक गरिएको छ।

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि दल दर्तामा आह्वान गरेको थियो। सोही अनुसार आइतबार दल दर्ताको अन्तिम दिन रहेको आयोगले जनाएको छ।


सम्बन्धित खबरहरु