आज:  | Mon, 04, May, 2026

ठोरीको पर्यटन विकासका लागि १५ सदस्यीय समिति गठन

Avatar photo दिशा निर्देश १ मंसिर २०८२, आईतवार १४:१२ मा प्रकाशित (५ महिना अघि)

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा पर्यटन विकासका लागि १५ सदस्यीय तदर्थ पर्यटन समिति गठन गरिएको छ। ठोरी–२ स्थित ठोरी जंगल रिसोर्टको सभाहलमा शनिबार भएको पर्यटन व्यवसायी तथा सरोकारवालाको भेलाले स्थानीय युवा पर्यटन व्यवसायी सुदीप थापाको अध्यक्षतामा समिति गठन गरेको हो।

समितिमा उपाध्यक्षमा सुरज लामा, सचिवमा रवी पौडेल, सह सचिवमा पुस्कर भुजेल, कोषाध्यक्षमा लेखमाया घिमीरे तथा सदस्यमा सञ्जीव गान्धरी, सुशान्त सिंह ठकुरी, भरत अधिकारी, सागर पराजुली, मेनुका गुरुङ, अप्सरा साङ्तान लगायत रहेका छन्।

त्यसैगरी भेलाले ठोरीमा पहिलो होम–स्टे सञ्चालन गर्ने शम्भु पौडेलको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ।

ठोरीमा पहिलोपटक गठन भएको पर्यटन प्रवर्द्धन समितिले स्थानीय पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिएको अध्यक्ष थापाले बताए। उनका अनुसार, “ठोरीको पर्यटन क्षेत्रमा गर्नुपर्ने काम धेरै छन्। अहिले भइरहेका गतिविधिलाई अझ संस्थागत गर्दै अघि बढ्ने हाम्रो उद्देश्य हो।”

यसैबीच, नवगठित समितिको पहिलो बैठकले समितिका सदस्य संख्याका बराबर सूचना बोर्ड विभिन्न स्थानमा स्थापनासहित सोमबार सेतो डाँडा अगाडिको क्षेत्रमा सबै पक्षको सहकार्यमा व्यापक सरसफाइ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष थापाले जानकारी दिए।


सम्बन्धित खबरहरु