आज:  | Mon, 04, May, 2026

वडाध्यक्षको हत्यामा संलग्न प्रहरी जवान नियन्त्रणमा

Avatar photo दिशा निर्देश ३० कार्तिक २०८२, शनिबार ०८:०७ मा प्रकाशित (५ महिना अघि)

धनुषा । मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली प्रहारबाट मृत्यु भएको घटनामा सोही जिल्लामा कार्यरत प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन्।

स्थानीयका अनुसार भोजसम्बन्धी विवाद चर्किँदै जाँदा प्रहरी जवान यादवले वडाध्यक्षमाथि गोली चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनामा अन्य केही व्यक्ति घाइते भएका छन् र उनीहरूको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ।

मृतक वडाध्यक्षको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ। घटनास्थलमा फेला परेका प्रमाण संकलन गरी विस्तृत छानबिन अघि बढाइएको प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिएका छन्।

प्रहरीका अनुसार गोली प्रहार गर्ने शम्भु यादव धनुषा प्रहरीले कार्यरत जवान हुन्। घटनापछि उनलाई नियन्त्रणमा लिएर आवश्यक बयान तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।


सम्बन्धित खबरहरु