आज:  | Mon, 04, May, 2026

नवनियुक्त आईजीपी दानबहादुर कार्कीलाई दर्ज्यानी चिह्न प्रदान

Avatar photo दिशा निर्देश २८ कार्तिक २०८२, बिहीबार ११:३० मा प्रकाशित (५ महिना अघि)

वीरगञ्ज । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बिहीबार दर्ज्यानी चिह्न लगाएका छन्।

गृह मन्त्रालयमा आयोजित विशेष समारोहका बीच गृह सचिव रामेश्वर दंगालले कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। कार्कीले प्रहरी संगठनका ३३औं आईजीपीका रूपमा आजदेखि नै आफ्नो कमाण्ड सम्हालेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको थियो। अघिल्ला आईजीपी चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधि पूरा गरी २६ कात्तिक राति १२ बजेदेखि अनिवार्य अवकाशमा गएका थिए।

कार्कीले २०५४ चैत १८ गते इन्स्पेक्टरको रूपमा प्रहरी सेवामा प्रवेश गरेका थिए। प्रहरी ऐन र नियमावलीमा कुनै परिवर्तन नभएमा उनले २०८४ चैत १७ सम्म नेपाल प्रहरीको नेतृत्व गर्नेछन्।


सम्बन्धित खबरहरु