वीरगञ्ज । भन्सार छलि नेपाल भित्र्याइएका पाँच लाख रुपैयाँभन्दा बढीका विभिन्न सामान वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६ रजत जयन्ती चोकबाट अन्दाजी मूल्य पाँच लाख ७२ हजार दुई सय दस रुपैयाँबराबरका लत्ता कपडा, टेलिभिजन, मोबाईल, म्याजिक पाउडर, चाइनिज मोबाईल र चाबी चिङ् बरामद गरिएको हो ।
वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक बिक्रम सुवेदीका अनुसार भन्सार छली गरी ल्याइँदै गरेको सूचनाका आधारमा टोली परिचालन गरिएको थियो । उनले भने, “सूचनाको आधारमा गरिएको निगरानीपछि विभिन्न वस्तु बरामद गर्न सफल भयौं । बरामद गरिएको सामान आवश्यक कानूनी प्रक्रिया पूरा गर्न वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।”
