आज:  | Mon, 04, May, 2026

कृषि मन्त्री परियारद्वारा बारा र पर्साका कृषि अनुसन्धान तथा सेवा कार्यालयहरूको अनुगमन

Avatar photo दिशा निर्देश २३ कार्तिक २०८२, शनिबार ११:०६ मा प्रकाशित (५ महिना अघि)

वीरगञ्ज । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. मदन प्रसाद परियारले बारा र पर्सा जिल्लाका विभिन्न कृषि अनुसन्धान, उत्पादन तथा सेवा प्रवाह गर्ने कार्यालयहरूको अनुगमन गर्नुभएकाे छ।

मन्त्री परियारले परवानीपुरस्थित राष्ट्रिय पंक्षि अनुसन्धान कार्यक्रम र कृषि अनुसन्धान निर्देशनालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, साल्ट ट्रेडिङ वीरगञ्ज तथा रानीघाटस्थित कृषि ओजार अनुसन्धान केन्द्रमा पुगेर सेवा प्रवाह, संरचना र कार्यक्रमहरूको अवस्थाबारे जानकारी लिनुभएकाे हो।

अनुगमनका क्रममा सम्बन्धित कार्यालय प्रमुखहरूले हाल भइरहेका काम, उपलब्धि तथा देखिएका चुनौतीबारे मन्त्रीलाई जानकारी गराएका थिए।

मन्त्री परियारले कृषकले प्रत्यक्ष महसुस गर्न सक्ने सुधारात्मक कार्यलाई प्राथमिकता दिई अघि बढ्न निर्देशन दिनुभएकाे छ। उहाँले कृषि तथा पशुपालन क्षेत्रमा अनुसन्धानको प्रभावकारी कार्यान्वयन, सेवा वितरणमा सहज पहुँच र उत्पादन वृद्धिलाई लक्षित कार्यक्रमहरू परिणाममुखी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयाे।

त्यसैगरी, उहाँले आवश्यक समन्वय, स्रोत परिचालन र प्राविधिक दक्षता अभिवृद्धिद्वारा कृषि आधुनिकीकरणलाई ठोस परिणाममा जोडिने गरी अघि बढ्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएकाे छ।


सम्बन्धित खबरहरु