आज:  | Fri, 01, May, 2026

माओवादीको आह्वानमा कांग्रेस-एमालेबाहेकका दलको बैठक सिंहदरबारमा

Avatar photo दिशा निर्देश २२ श्रावण २०८२, बुधबार १८:०८ मा प्रकाशित (८ महिना अघि)

काठमाडौं, २१ साउन – सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेलाई बाहिर राखेर बाँकी प्रमुख दलहरूको संयुक्त बैठक सिंहदरबारमा बसिरहेको छ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा यो बैठक सुरु भएको हो।

बैठकमा निर्वाचन आयोगले राजनीतिक दलहरूलाई साउन २२ गतेसम्म सुझाव दिन आग्रह गर्दै पठाएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ सम्बन्धी कार्यपत्रमाथि छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार बैठकमा प्रतिनिधिसभामा रहेका कांग्रेस र एमालेबाहेकका दलका नेता तथा संसदीय दलका नेता सहभागी छन्।


सम्बन्धित खबरहरु