आज:  | Fri, 01, May, 2026

आश्रममा भोजन सेवा र सहयोगको प्रतिबद्धता, सशस्त्र प्रहरीको प्रेरणादायी भूमिका

Avatar photo दिशा निर्देश २१ श्रावण २०८२, मंगलवार १०:२० मा प्रकाशित (८ महिना अघि)

वीरगञ्ज, साउन २० – सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे. क्वा पर्साका प्रहरी उपरीक्षक पुरण चन्दा भट्ट र सशस्त्र प्रहरी निरीक्षक (ड्राइपोर्ट) सुरेन्द्रराज खड्काले एक आश्रममा पुगेर सेवाग्राहीहरूसँग भेटघाट गर्दै भोजन सेवा प्रदान  गरेका छन्।

उनीहरूले आश्रममा बसोबास गरिरहेका सेवाग्राहीहरूसँग आत्मीय संवाद गर्दै खाद्यान्न वितरण गरेका थिए। सामाजिक उत्तरदायित्व बोध गर्दै गरिएको यो कार्यक्रमलाई स्थानीयहरूले सकारात्मक रूपमा लिएका छन्।

कार्यक्रमका क्रममा दुबै अधिकृतहरूले संस्थागत तथा व्यक्तिगत रूपमा आगामी दिनहरूमा पनि आश्रमलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूको सक्रियताले सुरक्षाकर्मी र समाजबीचको सम्बन्ध अझ मजबुत हुने विश्वास आश्रम परिवारले व्यक्त गरेको छ।

त्यसैगरी, आश्रमले प्राप्त सहयोग, सद्भाव, माया र साथप्रति आभार प्रकट गरेको छ। सुरक्षाकर्मीहरू सामाजिक सेवामा अग्रसर हुनु समाजका लागि प्रेरणादायी भएको आश्रमको भनाइ छ।


सम्बन्धित खबरहरु