वीरगञ्ज। कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आईतबार वीरगञ्जस्थित होटल भिस्वामा ल संस्थाको वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको हो ।
संस्थाको अध्यक्ष ताजुद्दिन अंसारीको अध्यक्षता तथा बारा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अच्युत मैनालीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको थियो ।
वार्षिक साधारण सभामा संसद प्रभु हजरा, नेकपा एमाले पर्साका अध्यक्ष विश्वम्भर शर्मा , नेशनल मेडिकल कलेजका प्रोफेसर डा. जेनुद्दिन अंसारी , निर्देशक इसरतजहाँ अंसारी , अबिद अंसारी , कलेजका निर्देशक नुसरत जहाँ अंसारी , प्रबंध निर्देशक शाहनवाज अंसारी, सिएमसी क्लबका अध्यक्ष रवि भुषण, जिल्ला बचत तथा ऋण सहकारीका अध्यक्ष हरेराम पटेल, संघका वरिष्ठ उपाध्यक्ष जिष्नु बराललगायतले आ-आफ्नो मन्तव्य राखेका थिए।
संस्थाका महासचिव शहनवाज अंसारीको मन्तव्यबाट सुरु भएको कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ को आर्थिक प्रतिवेदन संस्थाका प्रबन्धक प्रदीप कुमार लोहारले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाले उत्कृष्ठ कर्मचारी , उत्कृष्ठ बचतकर्ता तथा उत्कृष्ठ ऋणीहरुलाई सम्मानित गरिएको थियो भने कार्यक्रमको सहजीकरण वरिष्ठ पत्रकार उज्वल घिमिरेले गरेका थिए।