आज:  | Sat, 08, Feb, 2025

काममा लगाउने प्रलोभनमा पारी बेश्याबृत्तिमा लगाउने चार जना वीरगञ्जबाट पक्राउ

Avatar photo दिशा निर्देश १८ माघ २०८१, शुक्रबार २०:२५ मा प्रकाशित (१ हफ्ता अघि)
Share

वीरगञ्ज । पर्सा प्रहरीले मानव बेचबिखन कार्यमाल संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मातहतको प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको सयुँक्त प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सार नजिक सञ्चालनमा रहेका होटलहरु चेकजाँच गर्ने क्रममा आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी होटलमा आएका ग्राहकहरुसँग शारिरीक सम्पर्क राख्न लगाई बेश्याबृत्तिमा संलग्न गराइरहेको अवस्थामा चार जनालाई पक्राउ गरिएको हो ।

स्वस्तिका होटलबाट एक जना र होटल रितेशबाट एक जना गरी दुई जना महिलाको उद्दार गरिएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुबास भट्टले जानकारी दिए ।

उनकाअनुसार भारत बिहार राज्य जिल्ला छपरा थाना मडहौरा ग्राम पञ्चायत बरदहिया वडा नं. ११ बस्ने ३५ वर्षीय मनेजर राय, महोत्तरीको भंगहा नगरपालिका २ टिकुलिया बस्ने ३२ वर्षीय सुक्राति चौधरी, ओखलढुंगाको देयाले गाउँपालिका ५ बस्ने ३३ वर्षीय दिपेश राई र बाराको जितपुर सिमरा उपमहानगरपालिका १४ बस्ने ३८ वर्षीय मिरा कुमारीलाई पक्राउ गरिएको हो ।

उनीहरुविछ मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिमको कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए ।


सम्बन्धित खबरहरु