आज:  | Sat, 08, Feb, 2025

भन्सार छली गरिएका ५६ लाख बराबरका मालबस्तु वीरगञ्जबाट बरामद 

Avatar photo दिशा निर्देश २२ माघ २०८१, मंगलवार २१:१९ मा प्रकाशित (४ दिन अघि)
Share

वीरगञ्ज । विशेष सूचनाको आधारमा प्रहरीले भन्सार छली चोरी पैठारी गरिएका विभिन्न मालबस्तुहरू बरामद गरेको छ। मिति २०८१ माघ २२ गते जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी इकाईहरूबाट खटिएको टोलीले वीरगञ्जका विभिन्न स्थानहरूबाट ५६ लाख ४६ हजार ४ सय २९ रुपैयाँ बराबरका सामानहरू नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ गरिएका मालबस्तुहरूमा विभिन्न प्रकारका इलेक्ट्रोनिक्स, खुद्रा सामान, खाद्यान्न, सुर्तीजन्य वस्तुहरू, चप्पल लगायतका सामग्रीहरू छन्। भन्सार छली चोरी पैठारी गरिएका यी सामानहरू अवैध रूपमा नेपाल भित्र्याइएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ गर्ने प्रहरी इकाईहरूमा जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय श्रीपुर, ईलाका प्रहरी कार्यालय लंगडी र प्रहरी चौकी सिर्सिया पर्सा रहेका छन्। प्रहरीले नियन्त्रणमा लिइएको सामान आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइसकेको जनाएको छ।

यस विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


सम्बन्धित खबरहरु