वीरगञ्ज – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रबहादुर श्रेष्ठले आफूले भनेको कुरा नै पार्टीले मान्नु पर्छ भन्ने सोच राख्नु निरंकुशताको पराकाष्टा भएको बताएका छन् ।
जनता समाजवादी पार्टीको वीरगञ्जमा जारी बैठकलाई सम्बोधन गर्दै उनले डा.बाबुराम भट्टराई यस्तै सोचका साथ अघि बढेको आरोप लगाए ।
पार्टीको केन्द्रीय कार्यकारिणी सदस्यसमेत रहेका मन्त्री श्रेष्ठले अहिले आफूहरु पार्टी निर्माणको महान अभियानमा अघि बढिरहेको भन्दै पार्टी फुटाएर अलग्गिन खोज्नेहरुका कारण केही समस्या उत्पन्न भएको स्वीकार गरे ।
वीरगञ्जमा चलिरहेको बैठकमा संघीय परिषद् अध्यक्षसमेत रहेका डा.भट्टराईको समेत उपस्थिति हुने आशा राखेको भए पनि उनी काठमाण्डौमा अमुक समूहको भेलामा रमाएर बस्नु दुर्भाग्य रहेको बताए ।
