आज:  | Sun, 03, May, 2026

वीरगञ्ज आर्थिक राजधानी हो भन्ने अनुभुती नै गर्न पाएनौँ : मेयर सिंह

Avatar photo दिशा निर्देश २९ असार २०७९, बुधबार १५:२३ मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले आफूहरुलाई वीरगञ्ज आर्थीक राजधानी हो भन्ने अनुभुती नै गर्न नपाएको बताएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितीको बैठकमा सहभागीहरुलाई स्वागत गर्दै मेयर सिंहले यस्तो बताएका हुन् ।

जसपाका अध्यक्षसहित मन्त्री एवम् पदाधिकारीहरुको ध्यानाकर्षण गराउँदै मेयर सिंहले वीरगञ्ज आर्थिक राजधानी भनिएपनि त्यो भनाईमा मात्रै सिमित रहेको बताए ।

उनले वीरगञ्जको विकासलाई गम्भिरताका साथ लिँदै योजना ल्याउन पनि आग्रह गरे ।
“पार्टीका अध्यक्ष उपेन्द्र यादव ज्यु स्वास्थ्य मन्त्री बनेको बेला नारायणी अस्पतालमा योजना ल्याउनुभयो । त्यस्तै अब पनि वीरगञ्जलाई पार्टीले आफ्नै सोच्नेछ भन्ने बिश्वास छ,” उनले भने ।

वीरगञ्जमा आएका पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यसहित सम्पुर्ण नेताहरुलाई स्वागत गर्दै वीरगञ्ज बैठक उपलब्धीमुलक होस् भन्ने बिश्वास पनि उनले व्यक्त गरेका छन् ।


सम्बन्धित खबरहरु