आज:  | Sun, 03, May, 2026

बाबुरामको पक्षमा २३० जना केन्द्रीय सदस्यको हस्ताक्षर रहेको दाबी

Avatar photo दिशा निर्देश २८ असार २०७९, मंगलवार १५:३४ मा प्रकाशित (३ साल अघि)

जनता समाजवादी पार्टी नेपालका २३० जना केन्द्रीय सदस्यले आफ्नो पक्षमा हस्ताक्षर गरेको डा बाबुराम भट्टराई पक्षले जानकारी दिएको छ । आज बिहान बसेको बैठकमा २३० जनाले हस्ताक्षर गरेको सो पार्टीका नेता विश्वदीप पाण्डेले बताएका हुन् । २३० जनाको हस्ताक्षर निर्वाचन आयोगमा बुझाउने तयारी भइरहेको उनले बताए ।

‘तर केन्द्रीय समिति बैठकमा १०६ जना केन्द्रीय सदस्यले मात्र रजिस्ट्रेसन गराएका छन् नि,’ भन्ने प्रश्नमा उनले बैठकमा आएका धेरैले रजिस्ट्रेसन नगरेको र अहिलेसम्म आफूले पनि नगरेको बताए । पार्टीमा केन्द्रीय सदस्यको कूल सङ्ख्या ४९९ रहेका छन् । उनले २३ जना सांसदमध्ये १० जना आफूहरूको पक्षमा रहेको पनि बताए।

 


सम्बन्धित खबरहरु