आज:  | Fri, 01, May, 2026

रोनाल्डोको निर्णायक गोलले युनाइटेड विजयी

Avatar photo दिशा निर्देश १४ आश्विन २०७८, बिहीबार ०७:३२ मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले भिलारियललाई २–१ गोल अन्तरले  पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडका लागि खेलको अन्तिम समयमा क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे ।

यस अघि म्यानचेस्टरका लागि एलेक्स टेलेक्सले खेलको ६० औं मिनेटमा गोल गरेका थिए । खेलको ५३ औं मिनेटमा पाको अल्कासरको गोलमा भिल्लारियलले अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । च्याम्पियन्स लिग समूह चरणको दोस्रो खेलमा युनाइटेडको यो पहिलो जित हो ।

भिल्लारियलसँगको रोनाल्डोको १ सय ७८ औं खेल हो । रोनाल्डोले इकर क्यासिलासको कीर्तिमान तोडेका छन् । रियल मड्रिडका पूर्व गोलकिपर इकरले १ सय ७७ औं च्याम्पियन्स लिग खेलेका छन् ।

यस्तै, गएराति भएकै खेलमा बार्यन म्युनिखले सानदार जित निकालेको छ । बार्यन म्युनिखले डाइनामो किभलाई ५–० गोल अन्तरले पराजित गर्यो  । यस्तै, जेनिट सेन्ट पिटरबर्गले माल्मो एफएफलाई ४–० गोल अन्तरले पराजित गर्दा बेनफिकाले बार्सिलोनालाई ३–० गोल अन्तरले हराएको छ ।

यस्तै, आरबी लाइवजिकले लिलिलाई २–१ गोल अन्तरले हराउँदा चेल्सी युभेन्टससँग १‍-० ले पराजित भएको छ । एटलान्टाले योंग ब्वाइजलाई १–० गोलले अन्तरले हराएको छ । वुल्स्बर्ग र सेभिल्लाले भने १–१ गोल गर्दै बराबरी खेलेका छन् ।


सम्बन्धित खबरहरु