वीरगञ्ज – वीरगञ्जको वडा नम्बर १८ सौराहामा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयलाई उपकार सेवा नेपालले पंखा उपलब्ध गराएको छ ।
लायन्स क्लब अफ विरगंजको आयोजनामा भएको कार्यक्रमकाबीच लायन्सकै जग्गामा निर्मित विद्यालयलाई उपकार सेवा सस्थाले ६ थान पंखा उपलब्ध गराएको हो ।
पंखा अभावमा गर्मीको समयमा पनि विद्यार्थीहरु कष्टकर रुपमा अध्ययन गरिरहेको पाएपछि आफूहरुले विद्यालयलाई पंखा उपलब्ध गराएको सस्थाकी अध्यक्ष पूजा सरवगीले जानकारी दिइन् ।
कार्यक्रममा वडा नम्बर १८ का वडाध्यक्ष ब्रह्मदेव प्रसाद कुर्मीले आउँदा दिनमा विद्यालयको भौतिक संरचना सुधारमा सबैको सहयोग आवश्यक रहेको बताए ।
लायन्स क्लबका अध्यक्ष छेडुप लामाको सभापतित्वमा भएको कार्यक्रममा मनोहर टिबडेवाल, बलराम श्रेस्ठ, विधालय व्यवस्थापन समितिका अध्यक्ष सुनील पटेल, विद्यालयका प्रधानाध्यापक रामेश्वर प्रसाद पटेल लगायतको उपस्थिति रहेको थियो ।
विद्यालयको अवस्था सुधार गर्न पंखा उपलब्ध गराउने उपकार सेवा नेपाल र वडा समितिलाई लायन्स क्लबले मायाको चिनो प्रदान गरेको थियो ।
कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ बिरगंजका सचिव पप्पू श्रीवास्तवले गरेका थिए ।
