वीरगञ्ज – नेपाल बाल संगठन पर्साको आयोजनामा वीरगञ्जका विद्यालयहरुबीच कविता तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यार्थीको अतिरिक्त अभ्यास बृद्धि गर्न संगठनले यहाँका कक्षा १ देखि १० कक्षासम्मका विद्यार्थीहरुबीच प्रतियोगिता सम्पन्न गरेको हो ।
५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित प्रतियोगितामा चित्रकला र कविता प्रतियोगितातर्फ उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत पनि गरिएको छ ।
कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीबीच भएको कविता प्रतियोगितातर्फ जि।एच।पी माविका छात्र प्रतिकराज पाण्डे प्रथम भएका छन् । यस्तै मुनलाईटकी दिब्यानी सर्राफ द्धितीय र जि।एच।पी माविकै श्रुती साह तृतीय भएकी छिन् ।
यस्तै चित्रकलातर्फ कक्षा १ देखि ६ सम्मका विद्यार्थीको एउटा समूह र ७ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीको अर्को समूह गरेर छुट्टाछुट्टै प्रतिष्पर्धा भएको थियो ।
जस अनुरुप कक्षा १ देखि ६ सम्मको समूहतर्फ जि।एच।पी माविका अरमान आलम प्रथम भएका छन् भने गौतम माविकी पूर्णिका यादव दोस्रो र साउथ जोनका अनुभव साह तेस्रो भए ।
कक्षा ७ देखि १० सम्मको समूहतर्फ गौतम माविले पहिलो स्थान ओगटेको छ । गौतमका शशीराज तिवारी प्रथम भएका छन् भने एन्जल इन्टरनेशनलकी आचल मिश्र र मुनलाइट माविकी आस्था वर्णवाल तेस्रो भएकी छिन् ।
प्रतियोगिता अन्तर्गत कविता प्रतियोगिताको निर्णायकमा साहित्य समाज नेपालकी केन्द्रीय अध्यक्ष गीता भण्डारी र ठाकुरराम बहुमुखी क्याम्पसको शिक्षा संकायको नेपाली विषय प्रमुख उमा मिश्र रहनुभएको थियो ।
यस्तै चित्रकलातर्फ अविभावकसंघ पर्साका अध्यक्ष अमर गौतम, प्याब्सन वीरगञ्जका सचिव सन्नी पाख्रिन र आर्टिष्ट रश्मी अग्रवाल निर्णायकमा रहेका थिए ।
प्रतियोगितामा वीरगञ्जका विभिन्न ९ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
नेपाल बाल संगठनको सभाहलमा भएको कार्यक्रममा विजयी प्रतियोगिहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका सभापति अनुप तिवारीले पछिल्लो समय समाज आधुनिकीकरणमा डुबेको र साहित्य सृजनामा कमी आउदै गएको अवस्थामा यस्ता प्रतियोगिता गर्नु आवश्यक रहेको बताए ।
बाल संगठन पर्साका सभापति राम किशोर सिंह ९पराग०को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण संगठनका सचिव हेमन्त तामाङले गरेका थिए ।
