आज:  | Fri, 01, May, 2026

आईपीएल क्रिकेट : बेङ्ग्लाेरलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

Avatar photo दिशा निर्देश ९ आश्विन २०७८, शनिबार ०७:२१ मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा गएराति भएको खेलमा चेन्नई सुपर किङ्ग्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ६ विकेटले हराएको छ ।

यूएईको शारजाहमा बेङ्ग्लोरले दिएको एक सय ५७ रनको लक्ष्य चेन्नईले ११ बल बाँकी छँदै ४ विकेट गुमाएर भेटायो । चेन्नईको जितमा रुतुराज गाइक्वाडले सर्वाधिक ३८ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले देवदत्त पाडिकलको ७३ र विराट कोहलीको ५३ रन मद्दतमा एक सय ५६ रन बनाएको थियो । जितसँगै चेन्नई १४ अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । बेङ्ग्लोर भने १० अङ्कसहित तेस्रो स्थानमा छ ।


सम्बन्धित खबरहरु