आज:  | Sat, 12, Jul, 2025

ससस्त्र प्रहरीले गर्‍याे मधेस प्रदेशबाट स्राेत नखुलेकाे ३ कराेड रुपैयाँ भन्दा बढी बरामद, ७ लाख भन्दाबढी नेपाली नक्कली नाेट फेला

Avatar photo दिशा निर्देश १२ श्रावण २०७९, बिहीबार ०७:०४ मा प्रकाशित (२ साल अघि)
Share

वीरगञ्ज – ससस्त्र प्रहरीले गएको आर्थिक वर्षमा मधेस प्रदेशका ८ जिल्लाबाट स्रोत नखुलेको ३ करोड रुपैयाँभन्दा बढी नेपाली रुपैयाँ बरामद गरेको छ ।

ससस्ञ प्रहरीको मधेस प्रदेश मुख्यालय छिन्नमस्ता बाहिनी र अन्य ८ जिल्लामा रहेका जिल्ला स्थित कार्यालयबाट गएको आ.ब.२०७८/०७९ मा स्रोत नखुलेको ३ करोड २० लाख ३६ हजार रुपैयाँ बरामद गरेको हो ।

ससस्त्रले यही अवधिमा स्रोत नखुलेको १७ लाख ६१ हजार भारतीय रुपैयाँ पनि बरामद गरेको मधेस प्रदेश मुख्यालय छिन्नमस्ताका बाहिनीपति ससस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले जानकारी दिए ।

स्रोत नखुलेको नेपाली रुपैयाँ सबैभन्दा धेरै धुनषाबाट बरामद भएको पनि उनले जानकारी दिए । नम्बर ८ गण हेडक्वाटर धनुषाले गएको आर्थिक वर्षमा स्रोत नखुलेको नेपाली रुपैयाँ ९७ लाख ४ हजार ५ सय बरामद गरेको हो ।

यस्तै ५८ लाख रुपैयाँ नम्बर ११ गण हेडक्वाटर रौतहटले तथा बाहिनीकै सक्रियतामा विभिन्न ठाउँबाट ४९ लाख ५१ हजार, नम्बर ९ गण हेडक्वाटर महोत्तरीले ४४ लाख २४ हजार, नम्बर १० गण हेडक्वाटर सर्लाहीले २३ लाख ८३ हजारस्रोत खुल्न नसकेको नेपाली रुपैयाँ बरामद भएको हो ।

यसैगरी नम्बर ७ गण हेडक्वाटर सिरहाले १४ लाख २८ हजार, नम्बर १३ गण हेडक्वाटर पर्साले १२ लाख र नम्बर १२ गण हेडक्वाटर बाराले जम्मा ६४ हजार स्रोत खुल्न नसकेको नेपाली रुपैयाँ बरामद गर्न सफल भएको नायव महानिरीक्षक मगरले जानकारी दिए ।

जसमध्ये नम्बर १३ गण हेडक्वाटर पर्साले ६ लाख भारतीय रुपैयाँ पनि यही अवधिमा बरामद गरेको छ । धनुषा र महोत्तरीले समान ४÷४ लाख स्रोत खुल्न नसकेको भारतीय रुपैयाँ बरामद गर्दा बाराले ३ लाख र सर्लाहीले ४९ हजार रुपैयाँ बरामद गरेको पनि उनले जानकारी दिए ।

बजारमा छ्याप्छ्याप्ती नेपाली नक्कली नोट
ससस्त्र प्रहरीले गएको आर्थिक वर्षमा ठूलो मात्रामा नेपाली नक्कली नोट पनि बरामद गरेको छ । बजारमा नेपाली नक्कली नोट छ्यापछ्याप्ती रहेको यो तथ्यांकले पनि देखाएको छ ।

ससस्त्र प्रहरीले मधेस प्रदेशबाट मात्रै ७ लाख ६४ हजार ५ सय रुपैयाँ नेपाली नक्कली नोट फेला पारेको छ । जसमा सबैभन्दा बढी छिन्नमस्ता बाहिनीले नै ५ लाख ९७ हजार रुपैयाँ नेपाली नक्कली नोट बरामद गरेको छ भने सर्लाहीले १ लाख १७ हजार, रौतहटले ५० हजार र पर्साले ५ सय बरामद गरेको छ ।

भारतीय नक्कली नोट पहिले बजारमा छरिएको भेटिने गरेको भए पनि हालका दिनमा नेपाली नक्कली नोटकै बढी विगविगि रहेको ससस्त्र प्रहरीले बरामद गरेको नक्कली नोटको तथ्यांकले स्पष्ट पारेको छ ।

ससस्त्र प्रहरीले यही अवधिमा ५१ हजार रुपैयाँ भारतीय नक्कली नोट बरामद गरेको छ । यो नेपाली नक्कली नोटको तुलनामा न्यून देखिन गएको छ ।

आफू मातहतको प्रदेशको टोली सीमा सुरक्षाका साथै तस्करी तथा अपराधिक गतिविधि नियन्त्रण गर्न खटिएको भन्दै नायव महानिरीक्षक मगरले त्यसैको परिणाम यति ठूलो मात्रामा स्रोत नखुलेका र नक्कली नोट बरामद गर्न सफल भएको बताए ।


सम्बन्धित खबरहरु