वीरगञ्ज – पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १२ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइएकाे छ ।
दिवसको अवसरमा शनिबार गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले वीरगन्जको नारायणी अस्पतालमा उपचाररत विरामीहरुलाइ फलफूल वितरण गरेको छ।
अस्पतालमा भर्ना भइ उपचार गराइ रहेका १ सय ८५ जना बिरामीलाई फलफूल बितरण गरिएको फाउण्डेशन पर्साका सचिव धीरज गुप्ताले जानकारी दिए ।
![]()
फलफुल वितरण कार्यक्रममा नेपाली कांग्रेसका मधेस प्रदेश महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठ, जिल्ला सभापति जनार्धन सिंह क्षेत्री, उपसभापति अशोक साह कानु, महाधिबेशन प्रतिनिधिहरू श्याम पटेल, दीना प्रसाद गुप्ता, मिंटू देबि सिंह, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, नेताहरु रोशन लामीछने, श्याम पोखरेल लगायतका नेता कार्यकर्तहरुको सहभागिता रहेको थियाे । कार्यक्रम फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दीनको अध्यक्षतामा सम्पन्न भएकाे हाे ।
