आज:  | Sun, 26, Apr, 2026

सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउने जसपाको निर्णय

Avatar photo दिशा निर्देश १७ असार २०७९, शुक्रबार १५:३५ मा प्रकाशित (३ साल अघि)

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएको छ।

पार्टीको कार्यालय सचिव प्रकाश अधिकारीले सम्पूर्ण मन्त्रीलाई फिर्ता बोलाइएको पुष्टि गरे। मन्त्रीहरु फिर्ता बोलाएर नयाँलाई पठाउने गृहकार्य भइरहेको तर को–कोलाई सरकारमा पठाउने भन्ने टुंगो लागिसकेको छैन।

अब कहिले फिर्ता बोलाएर र कसलाई पठाउने भनेर छलफल जारी रहेको छ।

जसपाबाट हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादव मन्त्री छन्।

गत असोजमा सरकारमा सहभागी हुने क्रममा जसपाका मन्त्रीहरूलाई ६ महिनामा फिर्ता बोलाउने सहमति पार्टीमा भएको थियो।

यसअघि सत्ता गठबन्धनको अर्को घटक एकीकृत समाजवादीको तर्फबाट मन्त्री बनेकाहरुलाई हेरफेर गरेको थियो। त्यसकारण पनि नयाँ मन्त्रीहरू चयन गर्नुपर्ने दबाब जसपामा छ।


सम्बन्धित खबरहरु