आज:  | Sun, 26, Apr, 2026

समन्वय समितिका नवनिर्वाचित पदाधिकारीले लिए सपथ

Avatar photo दिशा निर्देश ३० जेष्ठ २०७९, सोमबार ११:५६ मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – जिल्ला समन्वय समिति पर्साका नवनिर्वाचित प्रमुख तथा पदाधिकारीले सोमबार पद तथा गोपनियताको सपथ लिएका छन् ।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रमका बीच प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले समन्वय समिति प्रमुखमा निर्वाचित निरन्जन साह सोनार ९अजय सर्राफ० लाई सपथ गराए ।
बाकी पदाधिकारीलाई भने समन्वय समिति प्रमुख सोनारले सपथ गराएका हुन् ।

सपथ ग्रहण गरेसँगै समन्वय समिति प्रमुख सोनार तथा अन्य पदाधिकारीले कार्यभार सम्हालेका छन् ।
सपथ ग्रहण कार्यक्रममा प्रदेश सांसद जन्नत अंसारी, वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह, संविधानसभा सदस्य जयप्रकाश थारु, समन्वय समितिका निवर्तमान सभापति नेक महम्मद अंसारी लगायतको सहभागिता रहेको थियो ।


सम्बन्धित खबरहरु