आज:  | Sun, 26, Apr, 2026

वीरगञ्जमा जसपाको बृहत्त पार्टी प्रवेश कार्यक्रम, विभिन्न पार्टी परित्याग गर्दै ५ सय भन्दा बढी जसपामा प्रवेश

Avatar photo दिशा निर्देश २८ जेष्ठ २०७९, शनिबार ११:३० मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले प्रदेश सरकारले एन मार्फत नै महिलाको समान सहभागितालाई ग्यारेण्टी गर्ने प्रयास गरेके बताएका छन् ।
वीरगञ्जमा शनिबार आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि प्रदेशभरीका हरेक कार्यालयमा ५० प्रतिशत महिलाको सहभागिता अनिवार्य रहने गरी एनमा नै उल्लेख गरेको बताएका हुन् ।
प्रदेश प्रहरी एन तथा प्रदेश निजामति एन मार्फत महिला सहभागिताको सवालमा समान सहभागिताको अवधारणा अघि बढाइएको उनले बताएका हुन् ।
कार्यक्रममा मुख्यमन्त्री राउतले अब सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत बालिकाहरुको खातामा नै पैसा पठाउने गरी कार्ययेजना बनाइएको पनि बताए ।
कार्यक्रममा सघीय सांसद प्रदीप यादवले अन्य पार्टीले कार्यकर्तालाइ प्रयोग मात्रै गर्ने तर जसपाले कार्यकर्ताको योगदानको आधारमा जिम्मेवारी दिने भएकाले सबै पार्टीमा गोलबद्ध हुन आग्रह गरे ।
यस्तै वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्जका वासिन्दाले विश्वास गरेर आफूलाई जिम्मेवारी दिएकाले उनीहरुको विश्वास र भरोसा टुट्न नदिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नगर बनाउने सवालमा सबैको साथ र सहयोगको आवश्यकता रहेको भन्दै उनले त्यसका लागि आआफ्नो ठाउँबाट सहयेग गर्न पनि आग्रह गरे ।
वीरगञ्जको घण्टाघरको सडक केही दिनमा सबै कानूनी अड्चन टुग्याएर कालोपत्रे गरिने पनि उनले जानकारी दिए ।
कानूनी प्रावधान मिलाउँदै काम गर्न पर्ने आवश्यकता हुँदो रहेछ मैले मात्रै चाहेर हुने भएको भए त्यही दिनमा कालोपत्रे गराइसक्थे उनले भने ।
“घण्टाघरको सडक किन बनेन भन्ने प्रश्न तपाइहरुको मनमा होला,” उनले भने, “केही कानूनी अड्चनहरु रहेछन् तिनलाई टुंगो लगाएर केही दिनमै घण्टाघरको सडक कालोपत्रे गरीन्छ, म आश्वासन मात्रै बाड्ने काम गर्दिन जे भन्छु त्यो गरेर छाड्छु ।”
वीरगञ्ज महानगरले नगरमा रहेका महिलाहरुको आर्थिक स्तर वृद्धिका लागि विभिन्न योजनाहरु सञ्चालन गर्न लागिरहेको उनले जानकारी दिए ।
पार्टीको वीरगञ्ज वडा नम्बर ८ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करीब ५ सय जना जसपामा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका उपाध्यक्ष रविन्द्र ठाकुर, क्षेत्रीय प्रतिनिधि विशोरी प्रसाद पटेल, अशोक सर्राफ, एमालेका सफल कुमार साहऽ मनोज क्षेत्री, राकेश दुबे प्रदिप सर्मा लालबाबु ठाकुर उत्तम जोशी मोबारक मियाँ लगायत ५ सयभन्दा बढी जसपामा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुलाई मुख्यमन्त्री राउत सांसद प्रदीप यादव र नगरप्रमुख सिंहले अबिर र खादा ‍ओढाएर पार्टीमा प्रवेश गराएका थिए ।
कार्यक्रममा प्रदेश सांसद करिमा बेगम नेता उमेशलाल सहनी वडा नम्वर ८ का वडाध्यक्ष रितेश गुप्ता लगायतको सहभागिता रहेको थियो ।


सम्बन्धित खबरहरु