आज:  | Sun, 26, Apr, 2026

भाजपा नेतालाई कारबाही माग गर्दै वीरगञ्जको भारतीय महावाणिज्य दूतावास अगाडी नाराबाजी

Avatar photo दिशा निर्देश २७ जेष्ठ २०७९, शुक्रबार १७:३० मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – भारतीय जनता पार्टीका पूर्व प्रवक्ता नुपुर शर्मा र नेता नविन जिन्दललाई कारवाही गर्नुपर्ने माग गर्दै वीरगञ्जका मुस्लिम समूदायले यहाँस्थित भारतीय महावाणिज्य दूतावास अगाडी नाराबाजी गरेका छन् ।

शुक्रबार वीरगञ्जको विभिन्न स्थानबाट घण्टाघरमा भेला भएका मुस्लिम समूदायले नगर परिक्रमा गर्दै महावाणिज्य दूतावास अगाडी गएर नाराबाजी गरेका हुन् ।

आफ्नो इश्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदका बारेमा नकारात्मक टिप्पणी गरेपछि दुवै जनाको विरोधमा चौतर्फि विरोध भइरहेको छ ।

धर्मका बारेमा नकारात्मक टिप्पणी गरेको भन्दै दुबै जनालाई भाजपाले कारबाही गरिसकेको छ । मुस्लिम समूदाय भने उनीहरुलाई कानुनी कारवाहीको माग गर्दै सडकमा उत्रिएको हो ।

 

 


सम्बन्धित खबरहरु