आज:  | Sun, 26, Apr, 2026

हिन्दी फिल्म नायकको अनिलकपुर स्टायलमा वीरगञ्जका मेयर राजेशमान

Avatar photo दिशा निर्देश १३ जेष्ठ २०७९, शुक्रबार १६:१८ मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – वीरगञ्ज महानगरका नवनिर्वाचित मेयर राजेशमान सिंहले महानगरभित्र जथाभावि फोहोर नगर्न सबैलाई आग्रह गरेका छन् ।

महानगरको सरसफाइ र सडकको अवस्था बारे शुक्रबार आफै विभिन्न स्थानको स्थलगत अनुगमनमा निस्किएका उनले जथाभावि फोहोर नफाल्न आग्रह गर्दै सुन्दर वीरगञ्ज बनाउने अभियानमा सबैको साथ रहनु पर्ने बताए ।

कार्यभार सम्हालेको भोलिपल्टैबाट स्थलगत अनुगमनमा निस्किएका सिंहले महानगरको सरसफाइ कर्मचारीलाई तत्काल सडक र नालाको सफाई गर्न निर्देशन पनि दिए ।

उनले महानरको सरसफाइको ठेक्का लिएका कम्पनिका कर्मचारीलाइ पनि सडक र नाला सरसफाइमा हेलचेक्रयाइ नगर्न निर्देशन दिएका छन् ।

शुक्रबार वीरगन्जको घण्टघार, माइस्थान हुदै घडीअर्वासम्म पुगेर मेयर सिंहले सडक र नाला सरसफाइको स्थलगत अनुगमन गरेका हुन् ।

सडक र नालाको अनुगमन पछि रजतजयन्ति चोकमा पुगेका मेयर सिंहले त्यहा पटके सवारी कर असुल्ने ढाटको पनि अनुगमन गरे ।

रजतजयन्ति चोकमा राखिएको ढाट महानगरको नभई त्रिभुवन राजपथ मातहत क्षेत्रको सडक भएकाले २४ घण्टाभित्र ढाट हटाउन सम्बन्धित ठेकेदारलाई निर्देशन दिए । साथै ढाटबाट पटके सवारी कर असुली गर्ने रसीदको ठेली पनि जफत गरेर लगेका छन् ।

महानगरपालिकाले चालु आर्थिक वर्षका लागि सवारी पटके कर उठाउन महानगरको सडकमा मात्रै अनुमति दिएको थियो । तर ठेकेदारले मनपरी रुपमा रजतजयन्तीमा ढाट राखेर पटके सवारी कर संकलन गरिरहेको थियो । जसको सुरु देखि नै आलोचना हुँदै आएको थियो ।

यस्तै नवनिर्वाचित मेयर सिंहले शुक्रबार नै नेपाल भारत मूख्य प्रवेशद्वार शंकराचार्यको पनि निरिक्षण गर्दै त्यहाँको सरसफाइ र सौन्दर्यताको काम तत्काल थाल्न कर्मचारीलाइ निर्देशन दिए ।

सडक तथा नाला अनुगमनका क्रममा मेयर सिंहसंगै पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवको पनि सहभागीता रहेको थियो ।


सम्बन्धित खबरहरु