आज:  | Sun, 26, Apr, 2026

मेयरमा निर्वाचित सिंहले नगरवासीकाबीच आज सपथ लिँदै

Avatar photo दिशा निर्देश १२ जेष्ठ २०७९, बिहीबार १२:०६ मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको नगरप्रमुखमा निर्वाचित राजेशमान सिंहले बिहीबार पद तथा गोपनियताको सपथ लिँदै छन् ।

गएको वैशाख ३० गते सम्पन्न निर्वाचनबाट निर्वाचित सिंहले बिहीबार बेलुका वीरगञ्जस्थित पुरानो बसपार्कको खुला मैदानमा सपथ लिन लागेका हुन् ।

उनलाई पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गराउने छन् ।

नवनिर्वाचित नगरप्रमुख सिंहले बन्द कोठामा नभई नगरवासीकाबीच सपथ लिने इच्छा जाहेर गरेपछि नगरबीचमा रहेको पुरानो बसपार्कको खुला स्थानमा सपथ कार्यक्रम राखिएको हो ।

पाँच दलीय गठबन्धनको साझा उम्मेद्वार रहेका जसपाका सिंहले एमालेका उम्मेद्वार एवं निवर्तमान नगरप्रमुख विजय सरावगीलाई करिब दोब्बर बढी मतले उछिन्दै विजयी बनेका हुन् ।

नगरप्रमुखमा विजयी सिंहले ४६ हजार २ सय १५ मत पाउँदा एमालेका सरावगीले भने २३ हजार १ सय ७१ मत पाएका थिए ।

यस्तै आजै उपप्रमुख इम्तियाज आलम तथा ३२ वटै वडाका वडाध्यक्ष तथा सदस्यहरु सबैले सपथ लिने कार्यक्रम रहेको वीरगञ्ज महानगरले जनाएको छ ।


सम्बन्धित खबरहरु