आज:  | Sun, 26, Apr, 2026

सरावगीको र्‍यालीबाट चोरीको मोटरसाइकलसहित एमाले कार्यकर्ता शर्मा पक्राउ

Avatar photo दिशा निर्देश २४ बैशाख २०७९, शनिबार २२:१३ मा प्रकाशित (३ साल अघि)

सरावगीको र्‍यालीबाट चोरीको मोटरसाइकलसहित एमाले कार्यकर्ता शर्मा पक्राउ
वीरगञ्ज, २४ वैशाख । वडा प्रहरी कार्यालय विर्ता वीरगञ्जले चोरीको मोटरसाईकल सहित ६ नम्बर गेट बाट एक व्यक्तिलाई रंगेहात पक्राउ गरेको छ ।

बा ७१ प १५१३ नम्बरको सुजुकी जिक्सर ब्राण्डको चोरीको मोटरसाईकल सहित वीरगञ्ज-६ निवासी युवराज शर्मा पक्राउ परेका हुन् ।

१४ दिन अघि माईस्थानबाट चोरी भएको मोटरसाईकल शर्माले चलाईरहेको अवस्थामै पक्राउ गरीएको वडा प्रहरी कार्यालय विर्ता वीरगञ्जका प्रमुख प्रहरी निरिक्षक विशाल मल्लले जानकारी दिए ।

पक्राउ परेको मोटरसाईकल वीरगञ्ज-१० निवासी अनिस सिंहको रहेको प्रहरीले जानकारी दिएको छ ।

सिंहको ना ३५ प १८० नम्बरको मोटरसाईकललाई चोरीमा संलग्न शर्माले नम्बर प्लेट परीवर्तन गरी बा ७१ प १५१३ बनाएर चढेको प्रहरीले बताएको छ । शर्मा चोरीको मोटरसाईकलमा नेकपा एमालेको झण्डा बाँधेर वीरगञ्ज महानगरपालिकाका निवर्तमान मेयर विजयकुमार र्‍यालीमा सहभागी भएको बेला प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका शर्माले आफु भूमी सम्बन्धि समस्या समाधान आयोग पर्साकी निवर्तमान अध्यक्ष विना कुमारी शर्मा छोरा रहेको प्रहरीलाई बताएका छन् । शर्मा केपी ओली सरकारको पालामा पर्सामा भूमी सम्बन्धि समस्या समाधान आयोगको अध्यक्ष रहेकी थिईन ।साभार यात्रा डेली


सम्बन्धित खबरहरु