आज:  | Tue, 21, Apr, 2026

नेपाली बजारमा सुनको मूल्य ६ सयले बढ्यो

Avatar photo दिशा निर्देश ३० चैत्र २०७८, बुधबार १२:५० मा प्रकाशित (४ साल अघि)

३० चैत, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको तोलाको ६ सयले बढेर एक लाख एक हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

मंगलबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि २० रुपैयाँले बढेको छ । मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


सम्बन्धित खबरहरु