आज:  | Mon, 11, May, 2026

शिक्षकका सन्तानलाई २५ प्रतिशत छात्रवृत्ति दिने वीरगञ्ज कलेजको निर्णय

Avatar photo दिशा निर्देश २८ बैशाख २०८३, सोमबार ०९:४२ मा प्रकाशित (१३ घण्टा अघि)

वीरगञ्ज। वीरगञ्ज कलेजले संस्थागत तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकाका सन्तानलाई २५ प्रतिशत छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ। कलेज व्यवस्थापन समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो।

कलेजले शिक्षा क्षेत्रमा योगदान पुर्‍याइरहेका शिक्षक–शिक्षिकाको सम्मानस्वरूप उनीहरूका सन्तानलाई उच्च शिक्षामा सहज पहुँच दिलाउने उद्देश्यले छात्रवृत्ति योजना ल्याइएको जनाएको छ । निर्णयअनुसार आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी शिक्षकका सन्तानलाई विभिन्न शैक्षिक कार्यक्रममा २५ प्रतिशतसम्म शुल्क छुट प्रदान गरिनेछ ।

कलेजका प्रबन्ध निर्देशक डा. दिपेन्द्र कुमार चौधरी ले शिक्षकहरू समाज निर्माणका आधारस्तम्भ भएको उल्लेख गर्दै उनीहरूको परिवारलाई सहयोग गर्नु कलेजको सामाजिक दायित्व भएको बताए ।

उनले भने, “शिक्षकले समाजलाई शिक्षित बनाउने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । उहाँहरूको योगदानको कदर गर्दै उहाँहरूका सन्तानलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले यो छात्रवृत्ति योजना ल्याइएको हो । यसबाट शिक्षक समुदाय उत्साहित हुनुका साथै विद्यार्थीहरूलाई पनि थप अवसर प्राप्त हुनेछ ।”

डा. चौधरीका अनुसार कलेजले आगामी दिनमा पनि विद्यार्थीमैत्री तथा सामाजिक उत्तरदायित्वसँग जोडिएका कार्यक्रमहरूलाई निरन्तरता दिनेछ ।


सम्बन्धित खबरहरु