आज:  | Mon, 11, May, 2026

पोखरियामा बैश्य समाजको नगर समिति गठन

Avatar photo दिशा निर्देश २८ बैशाख २०८३, सोमबार ०६:३७ मा प्रकाशित (१६ घण्टा अघि)

वीरगञ्ज। पर्साको पोखरियामा आयोजित कार्यक्रममा बैश्य समाज पोखरिया नगर समिति गठन गरिएको छ।

कार्यक्रममा कानु समाज नेपालका केन्द्रीय अध्यक्ष किशोरी साह कानु, पूर्व सांसद अरिनारायण रौनियार, पोखरिया नगरपालिकाका पूर्व मेयर दिपनारायण प्रसाद रौनियार लगायत विभिन्न समाजसेवी तथा अगुवाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममार्फत ९ सदस्यीय बैश्य समाज पोखरिया नगर समिति सर्वसम्मत रूपमा गठन गरिएको हो। समितिको अध्यक्षमा रामेश्वर साह तेली, उपाध्यक्षमा अजय प्रसाद कलवार र सचिवमा शैलेश साह कानु चयन भएका छन्। सदस्यहरूमा उमेश साह कानु, बलिराम साह तेली, रामचन्द्र साह तेली, शिनाथ साह तेली, साधु साह रौनियार तथा रामचन्द्र साह तेली रहेका छन्।

नवनिर्वाचित पदाधिकारीहरूले समाजको एकता, शिक्षा, आर्थिक सशक्तिकरण तथा सामाजिक विकासका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा वक्ताहरूले समुदायलाई संगठित बनाएर हकहित र पहिचानका लागि अघि बढ्न आवश्यक रहेको बताएका थिए।

बैश्य समाज पर्साका जिल्ला अध्यक्ष डा. सन्तोष कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तेली समाज नेपालका केन्द्रीय अध्यक्ष विश्वनाथ साह तेली प्रमुख अतिथिका रूपमा सहभागी थिए।

बैश्य समाज हिन्दू वर्ण व्यवस्थाअन्तर्गत व्यापार, कृषि, पशुपालन तथा उद्यमसँग जोडिएको समुदायका रूपमा परिचित छ। नेपाल र भारतका विभिन्न क्षेत्रमा तेली, कलवार, कानु, रौनियारलगायत समुदायलाई बैश्य समाजअन्तर्गत राखिने गरिन्छ।


सम्बन्धित खबरहरु