वीरगञ्ज । पर्साको पोखरियामा सामाजिक सेवा, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने उद्देश्यसहित “लायन्स क्लब अफ पोखरिया” गठन गरिएको छ ।
जिल्लाको ग्रामीण भेगमा रहेका नागरिकलाई लक्षित गरी विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्ने उद्देश्यले नेजामुद्दीन शमानीको नेतृत्वमा २० सदस्यीय लायन्स क्लब अफ पोखरिया गठन गरिएको हो ।
नवगठित क्लबका सदस्यहरूमा आशा कुमारी चौहान, तिलक नारायण प्रसाद पटेल, जावेद आलम, शोभा कुमारी कानु, जावेद अहमद, रिपेश माली, रामबाबु प्रसाद चौहान, अभिषेक कुमार सर्राफ, सन्तोष प्रसाद चौहान, सन्नी कुमार, विपिन प्रसाद कुर्मी, प्रिती साह, पवन पण्डित कुम्हाल, आरफा खातुन, अनुसखा गुप्ता, प्रतिभा थापा, अलिराज हुसेन, मनिर आलम र अजाद देवान रहेका छन् ।
लायन्स क्लब अफ पोखरिया गठन कार्यक्रममा लायन्स क्लबका डिष्ट्रिक्ट गभर्नर विनय बस्नेत, डिष्ट्रिक्ट सचिव सर्जन चापागाईं, डिष्ट्रिक्ट कोषाध्यक्ष चन्द्रबहादुर केसी, डा. मनोज गुप्ता, डा. लक्ष्मी थापा, नरोत्तम पाण्डेयलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले लायन्स क्लबमार्फत शिक्षा, स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् ।
