आज:  | Mon, 27, Apr, 2026

विराटनगर : नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

Avatar photo दिशा निर्देश ६ पुष २०८२, आईतवार १०:१४ मा प्रकाशित (४ महिना अघि)

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३० बजे, मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट खसेर ३४ वर्षीय अमित यादव गम्भीर घाइते भएका थिए। उनी सप्तरीको राजविराज नगरपालिका–९, जगदरीका निवासी थिए।

पाँचौँ तलाबाट खसेका यादवको टाउकोमा गम्भीर चोट लागेको थियो। घटनापछि उनलाई तत्काल अस्पतालको आकस्मिक कक्षमा भर्ना गरि उपचार सुरु गरिएको थियो। तर उपचारकै क्रममा बिहानै उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दीपेन्द्र राईले जानकारी दिए।

यादव नोबेल मेडिकल कलेजमै एमबीबीएस इन्टर्न डाक्टरका रूपमा कार्यरत थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।


सम्बन्धित खबरहरु