वीरगञ्ज । प्रधानमन्त्रीद्वारा प्रतिनिधिसभा विघटन गरिएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएका १६ वटा रिट निवेदनमाथि आजदेखि सुनुवाइ सुरु हुँदैछ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटन बदर गर्न तथा संसद् पुनःस्थापना गराउन माग गर्दै दायर रिटहरूमा आज प्रारम्भिक सुनुवाइ हुने भएको हो।
संवैधानिक इजलासमा रहेका ती १६ वटा रिट निवेदनमाथि एकमुष्ट रूपमा सुनुवाइ हुने प्रवक्ता कोइरालाले जानकारी दिए।
