आज:  | Wed, 06, May, 2026

कान्तिपुर थिएटरमा ‘महाभारत’ मञ्चन हुने तयारी

Avatar photo दिशा निर्देश २३ बैशाख २०८३, बुधबार १४:४५ मा प्रकाशित (१ घण्टा अघि)

काठमाडौँ। कान्तिपुर थिएटरको मञ्चमा अब नयाँ नाटक ‘महाभारत’ मञ्चन हुने भएको छ। ‘मीरा’, ‘शिरिषको फूल’, ‘महारानीको जात्रा’ र हालै मञ्चन गरिएको ‘सेतो धरती’ पछि दर्शकलाई नयाँ प्रस्तुतिका रूपमा ‘महाभारत’ ल्याउन लागिएको हो।

नाटकको निर्देशन नवीन भट्टले गर्नेछन्। मञ्चन मिति तथा कलाकारहरूको विवरण भने छिट्टै सार्वजनिक गरिने जनाइएको छ।

कान्तिपुर फिल्म एकेडेमीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रकाश पुरीले ‘महाभारत’लाई दर्शकमाझ फरक र प्रभावशाली प्रस्तुतिका रूपमा ल्याउने तयारी भइरहेको बताए। उनले पछिल्लो समय मञ्चन गरिएको ‘सेतो धरती’ लाई दर्शकबाट राम्रो साथ र प्रतिक्रिया प्राप्त भएको उल्लेख गर्दै आगामी नाटकप्रति पनि दर्शकको उत्साह रहने विश्वास व्यक्त गरे।

कान्तिपुर थिएटरले निरन्तर रूपमा साहित्यिक कृतिमा आधारित तथा सांस्कृतिक कथावस्तु बोकेका नाटक मञ्चन गर्दै आएको छ।


सम्बन्धित खबरहरु