आज:  | Wed, 06, May, 2026

ठोरीबाट लागुऔषध क्याप्सुलसहित एक युवक पक्राउ

Avatar photo दिशा निर्देश २३ बैशाख २०८३, बुधबार १५:०८ मा प्रकाशित (१ घण्टा अघि)

वीरगञ्ज। पर्साको ठोरी गाउँपालिका १ चौताराचोकबाट प्रतिबन्धित लागुऔषध जस्तो देखिने क्याप्सुलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको नियमित चेकिङ टोलीले ठोरीबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.३–००१ ख २६०४ नम्बरको सार्वजनिक बस जाँच गर्ने क्रममा उक्त क्याप्सुल फेला पारेको हो।

पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका ८ बस्ने १९ वर्षीय विश्वास परियार रहेका छन्। प्रहरीले उनको पाइन्टको दाहिने खल्तीबाट कालो प्लास्टिकमा लुकाइ राखिएको ‘Laborate’ लेखिएको निलो रङको २२५ पिस क्याप्सुल तथा बाँया खल्तीबाट थप २५० पिस गरी जम्मा ४७५ पिस क्याप्सुल बरामद गरेको जनाएको छ ।

बरामद सामग्रीसहित परियारलाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।


सम्बन्धित खबरहरु