आज:  | Mon, 27, Apr, 2026

सम्पत्ति छानबिन आयोग र नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने : प्रचण्डको घोषणा 

Avatar photo दिशा निर्देश १० आश्विन २०८२, शुक्रबार १७:३८ मा प्रकाशित (७ महिना अघि)

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् ।

शुक्रबार पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले अब नेताहरूको सम्पत्ति पारदर्शी बनाउनुपर्ने बताए । साथै, पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औँल्याए ।

‘अब पुरानै ढङ्गले चल्दैन, नयाँ कार्यविधि र ढङ्गबाट अघि बढ्नुपर्छ,’ प्रचण्डले भने ।

उनका अनुसार सङ्गठनात्मक कार्यशैली मात्र होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक छ । बैठकमा उनले नेताहरूको खानपान, लवाइ–खवाइदेखि जनतासँगको सम्बन्ध सरल र जनमुखी बनाउन लिखित सुझाव पठाउन निर्देशन समेत दिएका छन् ।

बैठक सम्पन्नसँगै माओवादी केन्द्रको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण हुने भएको छ । निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराउने वातावरण बनाउन पार्टीले पहल गर्ने निर्णय पनि भएको छ ।


सम्बन्धित खबरहरु