आज:  | Mon, 27, Apr, 2026

संविधान संशोधन संवैधानिक प्रक्रियाबाटै गर्नुपर्छ : प्रधानमन्त्री कार्की

Avatar photo दिशा निर्देश ९ आश्विन २०८२, बिहीबार १९:२० मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले संविधान र शासकीय प्रणालीमा आवश्यक संशोधन संवैधानिक प्रक्रियाबाटै गर्नुपर्ने बताउनुभएको छ।

राष्ट्रका नाममा आज गरिएको सम्बोधनमा उहाँले नेपालमा जेन–जी पुस्ताले आन्दोलनका क्रममा उठाएका विषयहरू वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिर रहेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री कार्कीले युवा पुस्ता र परिवर्तन पक्षधर आम नेपाली नागरिकलाई आउँदो चुनावमा सहभागी भई संवैधानिक प्रक्रियाबाटै संविधान संशोधनका लागि पहल गर्न आग्रह गर्नुभयो।

उहाँले उद्योग, व्यापार र व्यावसायिक प्रतिष्ठानमा भएको आगजनी तथा तोडफोडबाट प्रभावित उद्योगी–व्यवसायीको मनोबल उच्च राख्न राहत, कर र अन्य सहुलियतका साथ एकीकृत व्यावसायिक पुनरुत्थान योजना कार्यान्वयनमा आएको जानकारी दिनुभयो।

साथै, प्रधानमन्त्री कार्कीले कर्मचारीहरूलाई युवा पुस्ताको सोच र भावनाअनुसार आफूलाई रूपान्तरण गरी नागरिकको अपेक्षा पूरा गर्न निर्देशन दिनुभएको छ।


सम्बन्धित खबरहरु