आज:  | Thu, 11, Aug, 2022

वडा प्रहरी कार्यालय श्रीपुरको सफलता, माछापुच्छ्रे र एनआईसी बैंकको एटीएम फोडेर पैसा चोर्न खोज्ने २ जना पक्राउ

दिशा निर्देश ९ श्रावण २०७९, सोमबार २०:३९ मा प्रकाशित (२ हफ्ता अघि)

वीरगञ्ज – वीरगञ्जको लिंक रोडमा रहेको माछापुच्छ्रे र एनआईसी एसिया बैंकको एटीएम मेसिन फोडेर पैसा चाेरी गर्न लागेकाे अवस्थामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पैसा चोर्ने उद्धेश्यले आइतबार राती करिब ११ बजेतिर एटीएम मेसिन फोडिरहेको अवस्थामा २ जनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक डिल्लिराज सापकोटाले जानकारी दिए ।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका ५ का २५ वर्षीय अजय चौधरी र कलैया उपमहानगरपालिकाका २७ वर्षीय राजकपुर चौधरी रहेको पनि उनले जानकारी दिए ।

पक्राउ परेका दुवैलाई जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाउनुका साथै चोरी सम्बन्धी कसूरमा मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।

केही दिन अघि काठमाण्डाैमा पनि एटीएम मेसिन फाेडेर पैसा चाेरी गर्ने प्रयास गरेका २ जनालाई प्रहरीले पक्राउ गरेकाे थियाे ।


सम्बन्धित खबरहरु