आज:  | Thu, 11, Aug, 2022

निजि स्कुलको शूल्क वृद्धि समस्या समाधान गर्न मेयर सिंहको प्रतिबद्धता

दिशा निर्देश ३१ असार २०७९, शुक्रबार १८:४५ मा प्रकाशित (३ हफ्ता अघि)

वीरगञ्ज, ३१ अषाढ । संस्थागत विद्यालयले चर्काे शूल्क लिएको भन्दै आन्दोलनरत अभिभावकहरुको मागप्रति सरोकारवालाले चासो दिएका छन् ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले शुक्रवार अभिभावक, निजी विद्यालयका सञ्चालक एवम् प्रतिनीधि, लगायतसँग छलफल गरेका छन् ।

छलफलको क्रममा मेयर सिंहले १ महिनाको अवधिभित्र संस्थागत विद्यालयको समस्या समाधान गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
शूल्क बृद्धि लगायतका अन्य समस्याहरु १ महिनाभित्र समाधान गरिने मेयर सिंहको भनाइ छ । अभिभावकहरुको माग जायज भएको बताउँदै मेयर सिंहले एक महिनाभित्र सबै संस्थागत विद्यालयको वर्गीकरण गरेर शूल्क निर्धारण गरिने बताए ।

महानगरले निर्धारण गरेको शूल्क दर कार्यन्वयन गर्न पनि संस्थागत विद्यालयका सञ्चालकहरुलाई मेयर सिंहले निर्देशन दिएका छन् ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णलाई निजी विद्यालयका समस्या समाधानका लागि आजैदेखि काम शुरु गर्न पनि मेयर सिंहले निर्देशन दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले नीजी विद्यालयले नियम बिपरीत अभिभावकसँग शूल्क लिन नहुने बताए ।
बार्षिक शूल्क र धरौटी शूल्क फिर्ता गर्नुपर्ने बताउँदै उनले शूल्क बृद्धिभन्दा पनि शैक्षिक गुणस्तर बृद्धि गर्नेतर्फ केन्द्रित हुन नीजी विद्यालयका सन्चालकहरुलाइ उनले सुझाव दिएका छन् ।

बढाएर लिइएको शूल्क फिर्ता गर्ने बारेमा छलफल नभएको भन्दै अभिभावक संघर्ष समिति पर्साका अध्यक्ष सन्दिप साहले असन्तुष्टी व्यक्त गरेका छन् ।

समग्रमा छलफल सकारात्मक भएपनि छलफलमा भएका कुराहरु कार्यन्वयन नभए पुनः आन्दोलन गर्ने चेतावनी पनि उनले दिएका छन् ।
समग्रमा छलफल सकारात्मक भएपनि छलफलमा भएका कुराहरु कार्यन्वयन नभए पुनः आन्दोलन गर्ने चेतावनी पनि उनले दिएका छन् ।

वीरगञ्ज महानगरपालिकाको सभा कक्षमा भएको छलफलमा उपप्रमुख इम्तियाज आलम, प्याबसन वीरगञ्ज महानगरका अध्यक्ष आलोक चौरसीया, एनप्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेल, नीजी विद्यालयका सञ्चालक, अभिभावक लगायतको सहभागीता रहेको थियो ।


सम्बन्धित खबरहरु