वीरगञ्ज , अत्यधिक गर्मीका कारण वीरगन्ज महानगरपालिका मातहात रहेका विद्यालयहरु साउन २० गतेसम्म बन्द हुने भएका छन् । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले शुक्रबार विज्ञप्ति जारी गरी अत्यधिक गर्मीका कारण बालबालिकामा पर्न जाने प्रतिकूलतालाई मध्यनजर गर्दै विद्यालय बिदा हुने जनाएको छ ।
बिरगंज महानगरका भित्रका सम्पुर्ण विद्यालयहरु साउन २० गतेसम्म बन्द हुने भएका छन् ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अत्यधिक गर्मीका कारण विद्यार्थीहरुमा पर्न जाने प्रतिकूलतालाई मध्यनजर गरी विद्यालय बिदा थप हुने जनाएको छ ।
यसअघि बढ्दो गर्मीका कारण महानगरपालिकाले असार २८ देखि ३१ सम्मका लागि सबै विद्यालयहरुको पठनपाठन बन्द गरेको थियो ।
