एजेन्सी – इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलमा कोलकता नाइटराइडर्स विजयी भएको छ ।
गएराति भएको खेलमा को कोलकताले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको हो । मुम्बईले दिएको १५६ रनको लक्ष्य कोलकताले १५.१ ओभरमा पुरा गरेको थियो । कोलकतालाई जिताउनका लागि राहुल त्रिपाठीले ७४ तथा बैंकटेश अय्यरले ५३ रनको विस्फोटक पारि खेलको थिए ।
यो जितपछि कोलकताले प्लेअफ पुग्ने सम्भावना जिवितै राखेको छ । मुम्बइले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर १५५ रन बनाएको थियो ।
मुम्बइका लागि किन्वटन डि ककले ५५ रनको अर्धशतकीय पारि खेलेका थिए । कोलकता प्रसिद्ध कृष्ण र लकि फर्गुसनले समान दुई दुई विकेट लिए ।
यो जितपछि कोलकता तालिकाको चौथो स्थानमा पुगेको छ भने मुम्बई छैटौं स्थानमा झरेको छ ।
