आज:  | Mon, 27, Apr, 2026

पोखरा जाँदै गरेको कार त्रिशूलीमा खस्यो, तीनजना बेपत्ता

Avatar photo दिशा निर्देश ८ आश्विन २०७८, शुक्रबार ०९:०२ मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – काठमाडौंबाट पोखरा जाँदै गरेको कार चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित नाग्दी खोलाबाट त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।

ग.२ च ४९१८ नम्बरको कार गएराति साढे १२ बजेतिर अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खस्दा चालक सहित तीनजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बेपत्ता हुनेमा कार चालक पोखरा महानगरपालिका वडा नं. १७ का ५५ वर्षका प्रेम बहादुर भुजेल, सोही स्थानका ५५ वर्षका लेख बहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल छन् ।

बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित खबरहरु