आज:  | Mon, 27, Apr, 2026

१९ लाख रुपैयाँसहित जुवाडे पक्राउ

Avatar photo दिशा निर्देश ७ आश्विन २०७८, बिहीबार ०८:१० मा प्रकाशित (४ साल अघि)

काठमाण्डौ – काठमाण्डौमा झण्डै १९ लाख रुपैयाँसहित जुवातास खेल्ने पक्राउ परेका छन् ।

गएराति साढे १२ बजे काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका-७ हरहर महादेवबाट १८ लाख ७५ हजार ५ सय रुपैयाँ र सात बुक ताससहित १३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ ।

स्थानीय कमल दाहालको घरमा तास खेलिरहेका बेलामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, काठमाण्डौको कपनबाट पनि  जुवातास खेलिरहेका ६ जना २५ हजार ५ सय ५ रुपैयाँसहित पक्राउ परेका छन् ।


सम्बन्धित खबरहरु