आज:  | Thu, 07, May, 2026

वीरगञ्जमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १९८ जनाले सेवा लिए

Avatar photo दिशा निर्देश २८ चैत्र २०८२, शनिबार १५:२४ मा प्रकाशित (३ हफ्ता अघि)

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. ४ स्थित बिर्ता बजारमा आयोजित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्वास्थ्य सेतु नेपालद्वारा आयोजना गरिएको उक्त शिविरमा १९८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका छन्।

संस्थाका अध्यक्ष अजहर आलमको अध्यक्षतामा सम्पन्न शिविरमा सहभागीहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण, रगत परीक्षण (ब्लड सुगर) तथा आवश्यक औषधि वितरण गरिएको थियो।

शिविरमा चिकित्सा अधिकारीहरू डा. जफर आलम, डा. मोस्ताकिम मन्सुर, डा. नौशाद अली, डा. नवीन सर्राफ र डा. सुमित चौरसियाले सेवा प्रदान गरेका थिए। चिकित्सकहरूले बिरामीहरूको स्वास्थ्य अवस्था अनुसार परामर्शसमेत दिएका थिए।

आयोजकका अनुसार यस्ता स्वास्थ्य शिविरहरूले स्थानीय बासिन्दालाई सहज रूपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै स्वास्थ्यप्रति सचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। स्थानीयले पनि निःशुल्क रूपमा सेवा पाउँदा खुसी व्यक्त गरेका छन्।


सम्बन्धित खबरहरु