आज:  | Thu, 07, May, 2026

मन्त्रिपरिषद् पुनर्गठनबारे बालुवाटार बैठकमा छलफल नै भएन

Avatar photo दिशा निर्देश १६ श्रावण २०८२, बिहीबार १६:१४ मा प्रकाशित (९ महिना अघि)

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बुधबार बालुवाटारमा भएको बैठकमा बहुप्रतीक्षित मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नभएको जनाइएको छ।

बैठकमा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काका अनुसार संघीय सरकारका मन्त्रीहरूको हेरफेरबारे बैठकमा विषय प्रवेश नै भएन।

‘संघीय सरकारका मन्त्री हेरफेरबारे विषय उठेन,’ उपसभापति खड्काले भने, ‘छलफल सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउने, थाँती रहेका विधेयकलाई टुंग्याएर कानुन निर्माणमा लैजाने र बागमती प्रदेश सरकारसम्बन्धी विषयमा केन्द्रित रह्यो।

यसअघि सत्तारुढ दलहरूबीच मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चर्किएको भए पनि पछिल्लो बैठकमा सोबारे औपचारिक रुपमा कुनै कुरा नउठेको स्पष्ट भएको छ।


सम्बन्धित खबरहरु