काठमाडौं — नेकपा एमालेको सचिवालय बैठक आज (बुधबार) दिउँसो बस्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा दिउँसो १ बजे बैठक बोलाइएको एमालेले जनाएको छ।
बैठकमा आगामी विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयवस्तुमा गहन छलफल हुने बताइएको छ।
एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। आजको बैठकले त्यसको तयारीलाई गति दिने लक्ष्य लिएको स्रोतले जनाएको छ।
पार्टी नेतृत्वका अनुसार, बैठकमा सांगठानिक समीक्षा, रणनीतिक विषयवस्तु र हालको राजनीतिक परिस्थितिबारे समेत विचार–विमर्श हुनेछ।
