आज:  | Thu, 07, May, 2026

जनमत पार्टीद्वारा दुई केन्द्रीय नेतालाई स्पष्टीकरण माग

Avatar photo दिशा निर्देश २८ असार २०८२, शनिबार १०:३३ मा प्रकाशित (९ महिना अघि)

वीरगन्ज, असार २८ — जनमत पार्टीले आफ्नै दुई केन्द्रीय नेतासँग पार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै लिखित स्पष्टीकरण माग गरेको छ।

पार्टीको केन्द्रीय अनुशासन समितिले धनुषाबाट केन्द्रीय कार्यकारिणी सदस्य शम्भुनाथ साह र रौतहटबाट सदस्य वीरेन्द्र सोनारलाई ७ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो।

अनुशासन समितिका अनुसार, ती नेताहरूले पछिल्लो समय सामाजिक सञ्जालमा पार्टीको निर्णयको विरोध गर्दै पार्टी विधान विपरीत अनुशासनहीन क्रियाकलाप गरेका छन्। समितिले यस्तो गतिविधि पार्टीको आन्तरिक एकता, मर्यादा र हितविपरीत रहेको ठहर गरेको छ।

अनुशासन समितिका संयोजक तथा पार्टीका उपाध्यक्ष नरेन्द्रप्रसाद चौधरी द्वारा हस्ताक्षरित पत्रमा भनिएको छ,तपाईं विगत केही दिनदेखि सामाजिक सञ्जालहरूमा पार्टी निर्णयको विरोध गर्दै विधान विपरीत व्यवहार गर्नुभएको पाइयो। यसले पार्टीको निर्देशनको उल्लङ्घन र पार्टी हितविपरीतको कार्य दर्शाउँछ। त्यसैले जनमत पार्टीको विधानको धारा ३९ (क) को उपधारा २, ३, ४, ५, १० र १५ अनुसार तपाईंलाई किन कारबाही नगर्ने भनी ७ दिनभित्र लिखित रूपमा स्पष्ट कारणसहित स्पष्टीकरण दिनुहुन अनुरोध छ।

पार्टी स्रोतका अनुसार, आवश्यकताअनुसार अनुशासन समितिले दुवै नेतालाई कारबाही गर्न सक्ने संकेतसमेत गरेको छ।


सम्बन्धित खबरहरु