काठमाडौँ । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्लाई सानो आकारमै सीमित गर्ने घोषणा गरेकी छिन्।
बीबीसी नेपाली सेवासँग कुरा गर्दै उनले मन्त्रिपरिषद्मा बढीमा ११ सदस्य मात्र रहने स्पष्ट पारिन्।
उनका अनुसार मन्त्रीहरू कुनै राजनीतिक दलसँग आबद्ध हुने छैनन्। “गैरराजनीतिक पृष्ठभूमिका, कुनै संस्थागत अनुभव भएका तर चुनाव नलड्ने व्यक्तिलाई मात्र मन्त्री बनाउने सोच छ,” कार्कीले भनिन्।
हालसम्म कार्की नेतृत्वको मन्त्रिपरिषद्मा तीन मन्त्रीले जिम्मेवारी सम्हालिसकेका छन्— रामेश्वर खनाल अर्थमन्त्री, ओमप्रकाश अर्याल गृहमन्त्री र कुलमान घिसिङ ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीका रूपमा नियुक्त भएका छन्।
