आज:  | Thu, 07, May, 2026

सिमरामा पूर्वराष्ट्रपति भण्डारीलाई ५१ केजीको मालासहित स्वागत

Avatar photo दिशा निर्देश १४ भाद्र २०८२, शनिबार १२:१५ मा प्रकाशित (८ महिना अघि)

बिरगञ्ज । नेकपा एमालेका कार्यकर्ताले पार्टी नेतृत्वको निर्देशन विपरीत पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ५१ केजीको फूलको मालाले भव्य स्वागत गरेका छन्।

शनिबार बिहान वीरगञ्ज जाने क्रममा सिमरा विमानस्थलमा अवतरण गर्दा पूर्वराष्ट्रपति भण्डारीलाई एमाले स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य अरविन्द सिंहलगायतका नेता–कार्यकर्ताले मालासहित स्वागत गरेका हुन्।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले कार्यकर्ताहरूलाई स्वागतमा नजान निर्देशन दिएको थियो। तर, पार्टी निर्देशन विपरीत पौडेलले नै कार्यकर्तालाई विमानस्थलमा भेला हुन आह्वान गर्दै स्वागतको तयारी गरेका थिए।

भण्डारीको स्वागतमा पार्टीभित्रै देखिएको विभाजनलाई नेताहरूले गम्भीर संकेतका रूपमा लिएका छन्। ओली पक्षले यसलाई संगठन अनुशासनविपरीत भएको प्रतिक्रिया दिएको छ।


सम्बन्धित खबरहरु